युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सवमा नेपाल

  ४ घण्टा अगाडि

साझाखबर, जेठ । मे १५ तारिख अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालय (युआईबीई) मा २१औं अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सव विश्वविद्यालय प्राङ्गणमा भव्य रुपमा आयोजना गरियो । ७७ देशका १६० भन्दा बढी बुथहरू अनेकन गतिविधिले भरिएका थिए ।

युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सव

विभिन्न देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरू सांस्कृतिक दूत बनेर आ-आफ्नो देशको कला, संस्कृति, खानपान, रहनसहन, भेषभूषाको परिचय दिए ।

बेइजिङको युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सवमा नेपाल

प्रस्तुत बुथमा नेपालको तर्फबाट परम्परागत पेशाक लगाएका युवाहरू, खानेकुराका परिकारहरू, नेपाली संगीत, नृत्य लगायत प्रस्तुत गरिएको थियो ।

बेइजिङको युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सवमा नेपाल

बुथहरूको अगाडि परम्परागत पोशाक प्रदर्शनी, विशेष खाना बाँडफाँड, हस्तकला निर्माण र अन्य रूपहरू मार्फत आफ्नो देशको रीतिरिवाज र अभ्यासहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् । शिक्षक, विद्यार्थी र पाहुनाहरूले चीन र विदेशी देशहरूबीच सांस्कृतिक आदानप्रदानको मनोरम कार्यक्रम प्रस्तुत गरेका छन् ।

बेइजिङको युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सवमा नेपाल

चीनका विभिन्न विश्वविद्यालयमा यस्ताखालका कार्यक्रमहरू आयोजना हुने गरेका छन् जसबाट विश्व एउटा ग्रामजस्तो अनुभूति हुन्छ ।

सामान्यखालको प्रदर्शनी भएपनि एकापसमा विश्वका विद्यार्थीहरूबीच सांस्कृतिक जानकारी आदानप्रदान हुने, आपसी रहनसहन, भेषभूषाको ज्ञानले एकअर्कालाई अझै नजीक ल्याउने र आत्मीयताको भावना जगाउने प्रदर्शनमा सहभागी नेपाली विद्यार्थीहरूको भनाइ छ ।

बेइजिङको युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सव

अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्र विश्वविद्यालय (UIBE) चीनको शिक्षा मन्त्रालय अन्तर्गत सन् १९५१ मा खुलेको एक राष्ट्रिय प्रमुख विश्वविद्यालय हो । यहाँ विश्वका विभिन्न देशका विद्यार्थीहरू अध्ययन गर्न आउँछन् भने नेपाली विद्यार्थीहरूले पनि हरेक वर्ष छात्रवृत्ति पाउँछन् ।

बेइजिङको युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सवमा नेपाल

तपाईको प्रतिक्रिया