एक्सपेरिन्स नेपालः अ जर्नी थ्रू नेचर, कल्चर एण्ड एड्भेञ्चर

  ९ घण्टा अगाडि

फोटो फिचर

चीनको व्यापारिक सहर ग्वान्जाओस्थित महावाणिज्य दूतावासले बुधबार साँझ पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ ।

एक प्राकृतिक, सांस्कृतिक तथा साहसिक यात्राद्वारा नेपाल अनुभव गर्नका लागि एक्सपेरिन्स नेपालः अ जर्नी थ्रू नेचर, कल्चर एण्ड एड्भेञ्चर’ को आयोजना गरी चिनियाँहरूमाझ नेपाल परिचय दिएको हो ।

ग्वान्जाओस्थित साङ्ग्रिला होटलमा आयोजित कार्यक्रमको संयोजन कन्सुलर सरोज भट्टराईले गर्नुभएको थियो । उहाँले नेपाल एक शानदार हिमाल तथा  जीवन्त संस्कृति र न्यानो आतिथ्यता भूमि भएको बताउनुभयो ।

चीनका लागि ग्वाञ्जाओ महावाणिज्यदूत भरत खनालले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्नुभयो ।  

क्वाङतोङ ट्राभल सर्भिस एसोसियसनका अध्यक्ष चाओ वेन चले चिनियाँ प्रतिनिधित्व गर्दै आफ्नो विचार प्रकट गरेका थिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्तले नेपालको विविधतायुक्त परिदृष्य, संस्कृति, सम्पदा लगायत केही प्रमुख गन्तव्यको बारेमा उजागर गर्नुभयो ।

कार्यक्रममा परम्परागत नेपाली नृत्य देखाइएको थियो ।

नेपाल पर्यटन बोर्डका सिनियर अफिसर रोबिन रेग्मीले साहसिक पर्यटनकमा अवसरका बारेमा प्रस्तुती दिनुभएको।

कार्यक्रम अवधिमा बी टू बी मिटिङ तथा अन्य सहकार्य सम्बन्धी इभेन्ट पनि आयोजित भयो ।

फोटो साैजन्यः महावाणिज्यदूतावास

तपाईको प्रतिक्रिया