ल्हासाको नेपाली महावाणिज्य दूतावासले के गर्छ?

  बैशाख १८, २०८२

दस्तावेज

नेपाल-चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरणदेखि सामाजिक-आर्थिक सम्बन्ध प्रवर्द्धनमा तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले काम गरिरहेको हुन्छ । त्यति मात्रै नभएर नेपालसँग १४१४ किलोमिटर सीमा जोडिएको हुनाले सीमा नाका सहजीकरण, व्यापार, वाणिज्य र पर्यटनको प्रवाह, कैलाश पर्वत र मानसरोवर ताल लक्षित विश्वभरका हजारौं हिन्दू र बौद्ध तीर्थयात्रीहरूको व्यवस्थापन,  रसुवागढी (केरुङ) र तातोपानी (चाङमु) को भूमि बन्दरगाहहरू लगायतबाट नेपाल र चीनबीचका सीमा व्यापार समन्वय, स्थल मार्गबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूलाई सुविधा, स्थल​व्यापार प्रवाहका साथै तिब्बतमा बस्ने नेपाली जनता र व्यवसायीहरूलाई कन्सुलर सेवाहरू प्रदान, चिनियाँ र तेस्रो देशका पर्यटकहरूलाई पर्यटक भिसा जारी,  नेपाल-चीनबीच मैत्रीपूर्ण भ्रमण आदानप्रदानको समन्वय र सहजीकरणमा भूमिका खेल्दछ । 

बुँदागत रुपमा केही कामहरू हेर्नुपर्दाः

क) नेपाल र चीनको तिब्बत स्वायत्त क्षेत्रबीच मैत्रीपूर्ण सम्बन्धको प्रवर्द्धन गर्ने ।

ख) नेपाल र चीनबीच आर्थिक, व्यावसायिक र व्यापारिक सम्बन्ध सुदृढीकरणमा टेवा दिने ।

ग) तिब्बतमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई राहदानी, यात्रा कागजात, प्रमाणीकरण र सहयोग जारी गर्ने लगायत नेपाली नागरिकहरूलाई कन्सुलर सेवा प्रदान गर्ने।

घ) चिनियाँ र तेस्रो देशका पर्यटकहरूलाई नेपाली भिसा जारी गर्ने ।

ङ) द्विपक्षीय भ्रमण र बैठकहरूको समन्वय र सहजीकरण।

च) नेपालमा लगानी र व्यवसाय गर्न इच्छुक सम्भावित लगानीकर्ता र व्यवसायीहरूलाई जानकारी र सल्लाह प्रदान गर्ने।

छ) चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने।

यो पनि हेर्नुहोस्

https://www.sajhakhabar.com/2025/05/01/298380/

https://www.sajhakhabar.com/2025/05/01/298373/

तपाईको प्रतिक्रिया