इतिहासमा तिब्बतको निकै ठूलो नाम छ । यो विश्वको छानो हो भने यो पठारभूमिलाई पृथ्वीको स्वर्ग नै भनिन्छ । सिचाङसँग सीमा जोडिए पनि विश्वको विशाल अर्थतन्त्र भारतको मिसन छैन । नेपालमाथि विश्वास गरेर चीनले नेपाली मिसन राखिरहेको छ तर भारतले चाहँदा चाहँदै पनि चीनले अनुमति दिएको छैन ।

भारतले विभिन्न वार्ता बैठकका सिलसिलामा तिब्बतको राजधानी ल्हासामा महावाणिज्य दूतावास खोल्ने प्रस्ताव राख्ने गरेको छ । तर चीनले यसलाई स्वीकार गर्दैन र भारतको इच्छामाथि कुठाराघात हुने गर्दछ । नेपालबाहेक अन्य कुनै पनि देशको कूटनीतिक मिसन नभएकाले नेपालको शान र विश्वास अझै चुलिँदो छ । चीनले नेपाल बाहेक अन्य कुनै पनि मुलुकलाई तिब्बतमा मिसन खोल्नका लागि विश्वासिलो वातावरण भएको ठान्दैन । धार्मिक नेता दलाई लामालाई हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासित सरकार चलाउन दिएकाले चीन भारतप्रति सकारात्मक छैन । त्यस यता सन् १९६२ मा दुबै देशबीच युद्ध र मनमुटाव कायम रहेपछि भारतीय दूतावास बन्द भएको थियो । पुनः स्थान जमाउने भारतको इच्छामा चीनले सधैँ नै पानी खन्याउँदै आएको छ । अमेरिका लगायत अन्य केही देशले ल्हासामा आँखा लगाएपनि चीनले वास्ता गरेको छैन ।
यो पनि पढ्नुहोस्
तिब्बतमा विश्वकै एक मात्र कूटनीतिक निकाय- नेपालको