काठमाडौं, १६ वैशाखः नेपाल पर्यटन विकास व्यवसायी संस्था (एनटीडीइए) को छैठौं वार्षिक साधारण सभाले अच्युत सिग्देलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा भागवत सिंखडा, सचिवम भरतराज तिमल्सिना, सहसचिव अमित वस्ती, कोषाध्यक्ष राजु थपलिया र सदस्यहरुमा ऋषिराज उपाध्याय, रिदिप श्रेष्ठ, सुनिता भट्टराई र उपदेश कुँवरलाई चयन गरेको छ ।
कार्यक्रममा उत्कृष्ट हस्तकला व्यवसायीमा परम्परागत उपचार प्रशिक्षक हिमालयन ट्रेडिसनल हिलिङ एन्ड थेरापी सेन्टरका रामशरण नेपाल, उत्कृष्ट पर्यटन यातायात व्यवसायीमा नेपाल अनलाइम भेहिकल सर्भिसका केदारनाथ कट्टेल, उत्कृष्ट पर्यटन रेष्टुरेन्ट व्यवसायीमा रोयल चाइना माउन्टेन रेष्टुरेन्टका विकास थापा, उत्कृष्ट चिया व्यवसायीमा माउन्टेन टी ट्रेडका रामेश्वर महर्जन र उत्कृष्ट पथप्रदर्शक राजकाजी महर्जनले २०८१ सालका लागि उत्कृष्ट व्यवसायीको रुपमा सम्मानित भए ।