उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

  मंसिर ०९, २०८१

काठमाडौँ, ९ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेनाको परिचालन गर्न नेपालको संविधानको धारा, ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।

उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकको निर्णयबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको निर्णय गरिएकोे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया