काठमाडौं, १० भदौ : गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको छ । नेताहरुले बोल्ने क्रममा नाराबाजी भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् ।
आफू बोल्न थाले लगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईँहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरा पर्व सुन्न खेल्न र हेर्न आएकाहरू छन् । न देउडा खेल्न दिन्छन्, कार्यक्रम बिथोल्नेहरू पछाडि बसेका छन् ।’
नाराबाजी गरिरहेका युवाहरूले ‘ढुंगा हान, बालेन’ लगायत शब्द पनि उच्चारण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






