हतियारधारीद्वारा मध्य मालीमा कम्तीमा १८ सर्वसाधारणको हत्या

  जेठ १३, २०८१

डाकार, १३ जेठ : मध्य मालीमा संदिग्ध जिहादीहरूले कम्तीमा १८ सर्वसाधारणको हत्या गरेको स्थानीयवासी, प्रहरी स्रोत र क्षेत्रीय अधिकारीले आइतबार बताएका छन् । हिंसाबाट प्रभावित यस क्षेत्रमा यो पछिल्लो आक्रमण हो ।

“जिहादीहरूले डायलासागौदेखि तीन किलोमिटर टाढाका ग्रामीणहरूमाथि गोली हानेका छन्, १८ जनाको मृत्यु भएको छ र २१ जना घाइते भएका छन्,”, गाउँका तीन बासिन्दाले भने । प्रहरीको स्रोत र एक क्षेत्रीय अधिकारीले आक्रमणको पुष्टि गरेका छन् तर उनीहरूले मृतकको सङ्ख्या १९ भएको बताएका छन् । उनीहरूले आक्रमणका लागि ‘आतङ्कवादी’ र ‘हतियारधारी’ हरू जिम्मेबार भएको बताएका छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया