राष्ट्रियसभा बैठकद्वारा ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

  जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : राष्ट्रियसभाको बैठकले आर्थिक वर्ष २०८१/ ८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहाल सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सुशासन समितिमा सांसद शाक्य मनोनित
बैठकमा अध्यक्ष दाहालले सांसद डा अन्जान शाक्य विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन भएको सभासमक्ष जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया