काठमाडौं, ३० वैशाख : नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो ।
आइतबार बसेको एमाले मधेश प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिएको जानकारी नेता यादवले दिनुभएको हो। समर्थन फिर्ता लिएसँगै एमालेका ६ जना मन्त्रीलेसमेत राजीनामा दिएका छन् । आइतबार नै नेकपा (माओवादी केन्द्र)लेसमेत मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
