कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

  बैशाख ११, २०८१

सिमकोट (हुम्ला), ११ वैशाख : हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित कर्णाली किड्स कप- २०८१ को उपाधि छत्रपाल आधारभूत विद्यालयले हात पारेको छ ।

आज भएको फाइनल खेलमा सूर्योदय माध्यमिक विद्यालयलाई ४-१ गोल अन्तरले पराजित गर्दै छत्रपाल आवि विजेता भएको हो ।

‘बालबालिकाका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको कर्णाली किड्स कपको विजेताले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

तेस्रो उपाधी अदानचुली- १ को जनकल्याण आधारभूत विद्यालयले हात पारेको छ । उपविजेता सूर्योदय माविले २० हजार नगदसहित मेडल प्राप्त गरे ।

तृतीय हुने जनकल्याण आविले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । जनकल्याण आविका हेमराज दानी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए ।

तपाईको प्रतिक्रिया