कोशीमाथि मधेशको रोमाञ्चक जित

  बैशाख ११, २०८१

काठमाडौँ, ११ वैशाख : वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा मधेशले कोशीलाई दुई रनले हरायो । जितसँगै पाँच खेलबाट ६ अङ्क बनाएको मधेश तालिकाको तेस्रो स्थानमा छ । चारै खेलमा हार खेपेको कोशी अन्तिममा छ । 

टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९० रन बनाएको थियो । कोशीका लागि समीर कार्कीले २८, सर्वन यादवले २७ र सुजन थपलियाले १६ रन बनाउनुभयो । बलिङमा मधेशका विशाल पटेल, अविशेक तिवारी, रञ्जित कुमार र प्रदीप पासवानले दुई दुई विकेट लिनुभयो । 

९१ रनको विजयी लक्ष्य पछ्याएको मधेशले १७.१ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । मधेशका लागि विशाद पटेलले ३७, रोहन विकले ३१ र शहिल पटेलले ११ रन बनाउनुभयो ।बलिङमा कोशीका श्रवण यादवले चार, दिपेश कँडेलले तीन र ज्ञानेन्द्र श्रेष्ठले एक विकेट लिनुभयो । मधेशका विशाल पटेल म्यान अफ दि म्याच हुनुभयो । 

अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई सात विकेटले हरायो । जितका लागि एक सय २१ रनको लक्ष्य पछ्याएको बागमतीले १४.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

यसअघि कर्णालीले १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । जितसँगै बागमतीले पाँच खेलबाट आठ अङ्क बनाएको बागमती शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशको समान खेलबाट ६ अङ्क छ ।

तपाईको प्रतिक्रिया