इन्टरले जित्य सिरि ए उपाधि

  बैशाख ११, २०८१

काठमाडौँ, ११ वैशाख : इटालियन सिरि ए फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । सोमबार राति भएको मिलान डर्बीमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।लगातार दोस्रो पटक च्याम्पियन बनेको इन्टरको यो समग्रमा २०औँ सिरि ए उपाधि हो । 

७५ हजार सर्मथकविच भएको प्रतिस्पर्धात्मक मिलान डर्बीमा इन्टरलाई जिताउन फ्रान्सिस्को असर्वीले १८औँ र मार्कोस थुरामले ४९औँ मिनेटमा गोल गर्नुभयो । यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले ८०औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । खेलको अन्तिममा इन्टरका एक र एसी मिलानका दुई खेलाडीले रातो कार्ड पाएका थिए । 

जितसँगै इन्टरले ३३ खेलबाट ८६ अङ्क छ । इन्टरले १७ अङ्कको अग्रता बनाउँदै च्याम्पियन भएको हो । दोस्रो स्थानमा रहेको एसी मिलानको समान खेलबाट ६९ अङ्क छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको ६४ अङ्क छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया