खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि

  बैशाख १०, २०८१

गोदावरी (ललितपुर), १० वैशाख : प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरुआत हुने भएको छ ।

गोदावरी नगरपालिकाद्वारा गोदावरी–१० स्थित खेलमैदानमा आयोजना हुने सो प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहको नौ, ललितपुरको चार स्थानीय तहको पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोली सहभागिता रहनेछ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विजेता र उपविजेता टोलीले नगद पुरस्कार क्रमश ः रु पाँच लाख, रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै अनुशासित टोलीलाई रु ५० हजार ‘म्यान अफ दी म्याच’ लाई रु ५० हजारका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन नगरमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । सो अवसरमा नगर प्रवक्ता मिलन सिलवाल र प्रतियोगिता संयोजक निरोज बज्राचार्यले प्रतियोगिताका बारेमा जानकारी दिनुभयो । प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया