एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा

  बैशाख ०४, २०८१

काठमाडौँ, ४ वैशाख : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनको पोस्टमा चेल्सीको गोल वर्षा गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० गोलले हरायो । 

चेल्सीको जितमा युवा खेलाडी कोल पाल्मरले चार गोल गर्नुभयो । निकोलास ज्याक्सन र ल्फी गिलक्रिष्टले एक एक गोल गर्नुभयो । पाल्मरले १३, १८, २९ र ६४औँ मिनेटमा गोल गर्नुभएको थियो । ज्याक्सनले ४४औँ र  गिलक्रिष्टले अन्तिम मिनेटमा गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाउनुभयो । 

जितपछि ३१ खेलबाट ४७ अङ्क बनाएको चेल्सी नवौँ स्थानमा उक्लिएको छ । एभर्टन ३२ खेलबाट २७ अङ्क जोड्दै १६औँ स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ७३ अङ्क छ । दोस्रो स्थानमा रहेको आर्सनल र तेस्रो स्थानमा रहेको लिभरपुलको  समान ७१ अङ्क छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया