खेलकुद मैदान निर्माणमा भ्रष्टाचार : पाँच जनाविरुद्ध मुद्दा दायर

  बैशाख ०४, २०८१

काठमाडौं, ४ वैशाख : डोल्पा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको अरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्रमुख आचार्यका साथै सामाजिक विकास कार्यालयका सव–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेश शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।

डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ३ दुनैमा खेलकुद मैदान निर्माणमा कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारले ठहर छ । निर्माणको काम लागत अनुमान र सम्झौताभन्दा कम गरी नौ लाख ९३ हजार रुपियाँ अनियमितता गरेको अख्तियारको भनाइ छ ।

तपाईको प्रतिक्रिया