तोलामा एक हजार सात सयले बढ्यो सुनको मूल्य

  बैशाख ०४, २०८१

काठमाडौँ, ४ वैशाख : स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य प्रतितोला एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सात सयले उकालो लागेर एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ । (रासस)

तपाईको प्रतिक्रिया