सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

  बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख : सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपत्कालीन रुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ ।आयोजनाको कूल लागत झण्डै २२ अर्ब रुपियाँ बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया