स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न निःशुल्क शिविर सञ्चालन

  बैशाख ०३, २०८१

काठमाडौं, ३ वैशाख : काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूका लागि शिविर सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले सूचना निकाल्दै महिला जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गर्दै वैशाख ४ गते स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थता निःशुल्क परीक्षण शिविर आयोजना गर्ने जनाएको छ ।

महानगरपालिकाका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीहरूको स्तन र पाठेघरको मुखको क्यान्सर तथा प्रजनन स्वास्थ्य सम्बन्धी जाँच तथा उपचार गर्ने उद्देश्यले निःशुल्क शिविर आयोजना गर्ने भएको हो ।

शिविर राष्ट्रिय सभा गृह बिहान ९ देखि अपराह्न ३ बजेसम्म सञ्चालन हुने भएकाले तोकिएको समयमा स्वास्थ्य जाँच गराउन महानगरपालिकाले सूचना मार्फत अनुरोध गरेको छ ।

साथै, महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरू (वडा नम्बर: २, ३, १५, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, ३१ र ३२) मा वैशाख महिना भरी शिविर आयोजना जनाएको छ । 

वैशाख ५ र ६ गते वडा नं.३१, भीमसेनगोला, वैशाख ७, ९ र १० गते वडा नं २५ र २७, इनबहाल, वैशाख ११  र १२ गते वडा नं. ३ महाराजगन्ज, वैशाख १४ गते वडा नं. २६ लैनचौर, वैशाख १६ गते वडा नं. २० भीमसेनस्थान, वैशाख १७ गते वडा नं. २१ यंगाल, १८ गते वडा नं.२३ ओमबहाल, २० र २१ गते वडा नं.१५ वडा कार्यालय स्वयम्भू, २३ गते रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, २४ गते वडा नं.२ लाजिम्पाट, २५ गते वडा नं.२४ मखन टोलमा शिविर आयोजना हुने भएको छ । 

त्यस्तै, २६ गते वडा नं. २२ टेबहाल, २७ गते वडा नं.१८ नरदेवी, २८ गते शुक्रबार वडा नं. १९ कंकेश्वरी, ३० र ३१ गते वडा नं.३२ पाल्पाकोट (छाप्रे) कोटेश्वरमा शिविर आयोजना गर्ने महानगरपालिकाले जनाएको छ । शिविरबाट थप जाँचको आवश्यकता भएका महिलाहरूका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क जाँच हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया