बरोडालाई नेपालले दियो १५७ को लक्ष्य

  चैत २०, २०८०

काठमाडौँ, २० चैत : एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको दोस्रो खेलमा जितका लागि नेपालले बरोडालाई एक सय ५७ रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५६ रन बनायो । नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाउनुभयो ।

यस्तै सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन जोड्नुभयो । बलिङमा बरोडाका बाबा खानले दुई तथा परिक्सित पाटीदार र मोहित मोन्गाइले एक एक विकेट लिनुभयो ।

नेपालले पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले हराएको थियो । यडा बरोडा आफ्नो पहिलो खेलमा गुजरातसँग पाँच विकेटले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया