चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा

  चैत ०२, २०८०

बेइजिङ, २ चैत : चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिकरूपमा अतिरिक्त वाहन जोखिम परीक्षण पूरा गरेको छ । प्रयोगात्मक उपकरण र भौतिक नमूनाहरूको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण पूरा गरेको चिनियाँ विज्ञान एकेडेमीको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रले शुक्रबार जानकारी दिएको छ ।

पृथ्वीमा रहेका वैज्ञानिकहरू र जहाजमा रहेको रोबोटिकको सहयोगमा प्रयोगात्मक उपकरण र नमूनाहरू अन्तरिक्ष स्टेसनको बाहिरी भागबाट स्टेसनको एयरलक मोड्युलमा राति नौ बजेर सारिएको थियो । परिक्रमा गर्ने टेकोनट दललाई पछि प्रयोगशाला मोड्युलमा सारियो । त्यहाँ उनीहरूले नमूनालाई अलग गरेर सङ्गृहीत गरे । केन्द्रले ती नमूनालाई सेनझोउ अन्तरिक्ष यानबाट पृथ्वीमा ल्याउने र थप अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिइने जनाएको छ ।

अतिरिक्त वाहन एक्स्पोजर प्रयोगात्मक उपकरण सन् २०२३ मार्च ८ मा प्रक्षेपण गरिएको थियो र एक वर्षदेखि यो कक्षमा रहेको छ । स्थापना गरिएको चार सयभन्दा बढी सामग्री नमूनाको पहिलो ब्याचलाई गैर–धातु र धातु सामग्रीमा विभाजन गरिएको थियो । केन्द्रका अनुसार सन् २०२४ मेमा परिक्रमा गर्ने टेकोनटले प्रयोगात्मक उपकरणहरूमा नमूनाको नयाँ ब्याच स्थापना गर्ने र अन्तरिक्ष एक्स्पोजर परीक्षणको नयाँ चरण सुरु गर्नेछ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया