लिभरपुललाई काराबाओ कप उपाधि

  फागुन १४, २०८०

काठमाडौँ, १४ फागुन : इङ्लिस लिग कप (काराबाओ) फुटबलको उपाधि लिभरपुलले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा लिभरपुलले चेल्सीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।

लिभरपुलको जितमा कप्तान भर्जिल भानडाइकले एक सय १८औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले अतिरिक्त समयको अन्तिममा बाजी मारेको हो ।  लिभरपुलको यो कीर्तिमानी १०औँ काराबाओ कप उपाधि हो ।

तपाईको प्रतिक्रिया