काठमाडौँ, फागुन ४ : लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच राणाको नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको प्रमुख आतिथ्यमा ‘द नेपाल कुक बुक’ सार्वजनिक भएको हो ।
पेन्गुइन र्यान्डम हाउस इन्डियाले प्रकाशन गरेको पुस्तक नेपालमा एकता बुक्सले वितरण गर्नेछ । द नेपाल कुक बुकमा देशका विभिन्न भागका जातजातिको भान्सामा पाक्ने परिकार र ती परिकार पकाउने तरिका समेटिएको राणाले जानकारी दिनुभयो ।
राणाको यो दोस्रो बुक हो । यो भन्दा पहिले राणाले राणाकालीन दरबारमा पाक्ने परिकार र ती परिकार पकाउने तरिकासमेटर तयार पारिएको ‘द राणा कुक बुक’ प्रकाशित गरिसक्नु भएको छ ।
बुकमा देशका विभिन्न जातजातिका दाल, भात, तरकारी, अचार, मःम, यःमोरी, ढिक्री, छोयला, मासु लगायतका १०८ प्रकारका परिकार र ती परिकार पकाउने तरिका समावेश गरिएको राणाले जानकारी दिनुभयो ।
पुस्तकले विविध संस्कृतिलाई झल्काउने उहाँको भनाइ छ । नेपाली सेनाका सेनापति शर्माले राणाको सफलताको कामना गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो पुस्तकलले पनि पहिलाको पुस्तकले जस्तै सफता पाउनेमा विश्वास लिएका छौं ।’
राणाले खाना पकाउने कलाले सबैको अगाडि ल्याएकोमा विश्वलाई नेपाल समक्ष जोड्ने विश्वास व्यक्त गर्नुभयो । घरघरमा पाक्ने खाना, प्रकार, पकाउने विधि र खाने संस्कारलाई पुस्तकले विश्वसँग जोड्न मद्दत गर्ने शर्माले जिकिर गर्नुभयो ।
खाना परिकार र बनाउने सौखले गर्दा नै पुस्तक जन्मिएको लेखक राणाको भनाइ छ । यो पुस्तक लेख्न प्रेरणा दिने श्रीमान (पूर्व प्रधानसेनापति गौरवशमशेर राणा) को प्रेरणाले यो पुस्तक लेख्न प्रेरण मिलेको बताउनुभयो । रोहिणी भारतमा जन्मिनुभएको हो ।




