नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना

  माघ २२, २०८०

ताप्लेजुङ, २२ माघ : ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयसँगै रहनेगरी नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर ताप्लेजुङ शाखा स्थापना गरिएको हो ।

फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले एक्सटेन्सन काउन्टरको सोमबार बिहान उद्घाटन गर्नुभयो । नगरपालिका कार्यालयमा एक्सटेन्सन काउन्टर शाखा स्थापनासँगै सोमबारदेखि सेवा सुरु गरिएको छ ।

नेपाल बैङ्क लिमिटेड ताप्लेजुङ शाखाकी प्रमुख वसुन्धरा आचार्यका अनुसार एक्सटेन्सन काउन्टर शाखामार्फत कर्जा बाहेकका सबै सेवाहरू प्रवाह हुनेछ । उहाँले दुई लाख रुपियाँसम्मको रकम काउन्टरबाट प्रवाह गर्न सकिने बताउनुभयो । दुई लाख रुपियाँ माथिको रकम भुक्तानी लिनुपर्ने भएमा भने अग्रिम जानकारी गराउन सकिने पनि उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया