दोधारा चाँदनी (कञ्चनपुर),१९ माघ (रासस) : कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।आज महेन्द्रनगरमा भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजीत गर्दै फाइनलमा स्थान बनाएको हो ।
त्यसैगरि दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विभागिय टोली एपीएफबीच प्रतिस्पर्धा भइरहेको जिल्ला भलिबल सङ्घका महासचिव उत्तम विष्टले जानकारी दिनुभयो । “प्रतियोगिताको फाइनल खेल समापनसँगै शनिबार दिउँसो हुन्छ ।” उहाँले भन्नुभयो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागिय टिम गरी १० वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजेता उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि प्रतियोगिता सुरु भएको थियो ।






