तराईमा हुस्सु, पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

  मंसिर २६, २०८०

काठमाण्डौ, २६ मंसिर : देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र  कुहिरो लागेको छ ।

तराईमा लागेको हुस्सु र कुहिरो पश्चिम र मध्य तराईमा मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जानेछ । पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको छ । हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने विभागले जनाएको छ । 

विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

वर्षा, हिमपात र हुस्सु तथा कुहिरोका कारण चिसो बढ्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

विभागका अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव  छ ।

तपाईको प्रतिक्रिया