नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

  मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : नेपाल सुपर लिग फुटबलमा आज फुटबल क्लब चितवन र बुटवल लुम्बिनी खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । चितवनले अहिलेसम्म खेलेका तीन खेलमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ ।

४ अङ्क जोडेको चितवन अङ्क तालिकामा पाचौँ स्थानमा छ । बुटवल लुम्बिनी भने छैठौँ स्थानमा छ । ३ अङ्क रहेको बुटवल लुम्बिनी तीन खेलमा एकमा जित र दुईमा पराजित भएको छ । 

तपाईको प्रतिक्रिया