इंग्लिस प्रिमियर लिगमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी

  मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको खेलमा नटिंघम फरेस्टसँगको खेलमा फुलहमले सानदार जित निकाल्यो । फुलहमले नटिंघमलाई ५–० गोल अन्तरले पराजित गर्‍याे। 

यस्तै, अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई र बर्नमाउथले क्रिस्टल प्यालेसलाई समान २–० गोल अन्तरले हराए । यस्तै, एस्टोन भिल्लाले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले हराउँदा चेल्सी म्यानचेस्टर युनाइटेडसँग २ –१ गोलले पराजित भयो  ।

प्रिमियर लिगमा आर्सनल ३६ अङ्कका साथ शीर्ष स्थानमा छ । ३४ अङ्क रहेको लिभरपुल दोस्रो र एस्टोन भिल्ला ३२ अङ्कसहित तेस्रो स्थानमा छ । 

तपाईको प्रतिक्रिया