एनएसएलमा आज पोखरा थण्डर्स र इलाम एफसीबीच प्रतिस्पर्धा

  मंसिर २०, २०८०

काठमाण्डौ, २० मंसिर : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ ।

जारी लिगमा तीन खेलबाट अपराजित रहँदै पोखरा पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन अंक जोडेको इलाम छैटौँ स्थानमा छ । 

मंसिर ८ गते शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्।

तपाईको प्रतिक्रिया