नेपाल सुपर लिगमा आज धनगढी र ललितपुर तथा झापा र पोखरा खेल्दै

  मंसिर १६, २०८०

काठमाण्डाै, १६ मंसिर : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स खेल्नेछन् । यो खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

झापा पहिलो खेलमा स्पोटिङ इलामसँग पराजित भएको थियो । पोखराले पहिलो खेलमा चितवनलाई हराएको थियो भने दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको धनगढी र दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा नै हुनेछ । धनगढीले पहिलो खेलमा वीरगञ्जलाई र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो ।

त्यस्तै, ललितपुरले पहिलो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो भने दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।  

तपाईको प्रतिक्रिया