काठमाण्डौमा आज हल्का वर्षाको सम्भावना

  मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्मिएको छ ।

भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । दिउँसो काठमाण्डौ उपत्यकामा फाट्टफुट्ट र हल्का वर्षा हुने उहाँले बताउनुभयो ।

अहिले उपत्यकासहित धेरै ठाउँमा बादल लागेको छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली छ ।  आज उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात हुने उहाँले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया