प्रदेशस्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सुुरु

  कार्तिक ३०, २०८०

गण्डकी, ३० कात्तिक : गण्डकी प्रदेशका नेवार समुदायका युुवालाई एकताबद्ध तुल्याउन विगत सात वर्षदेखि हरेक वर्ष हुँदै आएको फाइभ ए साइड फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेवाः ल्यामपुच कास्कीले प्रतियोगिता आयोजना गरेको हो ।

तीन दिनसम्म सञ्चालन हुने फाइभ ए साइड प्रतियोगिताको यो सातौँ संस्करणमा रामकृष्ण टोल ल्यामपुच कास्कीको व्यवस्थापनमा रामकृष्ण टोलस्थित वि फिट फुटसल ग्राउण्डमा सुरु प्रतियोगितामा कास्की जिल्लाभित्रका १६ वटा नेवारी समुदायका टिमको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदायभित्र आपसी सम्बन्ध बढाउन खेलकुद प्रतियोगिता आवश्यक रहेको बताउनुुभयो ।

पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले समुदायस्तरबाटै हुने यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले संस्थाको सामाजिक उत्तरदायित्वस्वरुप यस्ता क्रियाकलाप आवश्यक रहेकामा जोड दिँदै युुवा जनशक्तिलाई देशभित्र बस्ने वातावरण बनाउन युुवामैत्री क्रियाकलाप आवश्यक हुने बताउनुुभयो ।

तपाईको प्रतिक्रिया