टी–२० सिरिज : नेपालसामु ११६ रनको लक्ष्य

  कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत तान्जानियाले नेपालसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्दै सात विकेट गुमाउँदै एक सय १५ रन बनायो । तान्जानियाका लागि हुड्डा ओमरेले २५, ऐशा मोहमदले २१, साउम मातेले १६, कप्तान फतुमा किबाशुले ११ तथा मोनिका पाश्कलले १० रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि सङ्गीता राईले दुई तथा रुविना क्षेत्री, पूजा महतो र कप्तान इन्दु बर्माले एक एक विकेट लिइन् ।

ब्याटिङ गर्ने क्रममा केहीबेर अघिसम्मको खेलमा नेपालले ६ ओभरमा पाँच विकेट गुमाउँदै १९ रन बनाएको छ ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।

कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो । क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन् ।

नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

तपाईको प्रतिक्रिया