न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

  कार्तिक २५, २०८०

काठमाण्डौ, २५ कात्तिक : न्युजिल्याण्ड एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगको छ । आज भइरहेको इंग्ल्याण्ड र पाकिस्तानको खेलको अवस्थाले न्युजिल्याण्डको सेमिफाइनल यात्रा पक्का गरेको हो । इंग्ल्याण्डलाई पाकिस्तानले हराएमा पनि रन रेटमा न्युजिल्याण्ड नै अघि हुने पक्का भएसँगै उ सेमिफाइनलमा पुगेको हो । न्युजिल्याण्डलले सेमिफाइनलमा भारतसँग खेल्नेछ ।

आज इंग्ल्याण्डलाई निकै फराकिलो अन्तरले हराएको भए पाकिस्तानको पनि सेमिफाइनल पुग्ने झिनो आशा थियो, तर त्यो आशा सकिएको छ । इंग्ल्याण्डले पाकिस्तानलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनायो । उसका लागि बेन स्टोक्सले ८४, जोय रुटले ६० र जोनी ब्रेस्टोले ५९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका हरिस रौफले तीन तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वासिमले दुइ/दुई र इफ्तिक अहमदले एक विकेट लिए । अंकतालिकामा सातौँ स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइन होडबाट बाहिरिसकेको छ । इंग्ल्याण्डले च्याम्पियन्स ट्रफी खेल्ने भने पक्का भएको छ । विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।

तपाईको प्रतिक्रिया