इंग्ल्याण्डले पाकिस्तानलाई दियो ३ सय ३८ रनको विशाल लक्ष्य

  कार्तिक २५, २०८०

काठमाण्डौ, २५ कात्तिक : टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनायो । उसका लागि बेन स्टोक्सले ८४, जोय रुटले ६० र जोनी ब्रेस्टोले ५९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका हरिस रौफले तीन तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वासिमले दुइ/दुई र इफ्तिक अहमदले एक विकेट लिए । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ ।  जुन असम्भव जस्तै देखिन्छ ।

अंकतालिकामा सातौँ स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइन होडबाट बाहिरीसकेको छ । आजको खेल हारे पनि च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना छ । विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।

तपाईको प्रतिक्रिया