ओमान विश्वकपमा छनोट

  कार्तिक १७, २०८०

काठमाडौँ, १७ कात्तिक: ओमान सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।

आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।

बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा ग-यो । ओमानको जीतमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बलमा दुई छक्का र छ चौका प्रहार गरे । साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाए ।

ओमानले फाइनल नेपाल र यूएईबीच अहिले भइरहेको खेलको विजेतासँग खेल्नेछ । फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट हुनेछन् ।

यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय छ रन मात्रै बनाउन सक्यो । उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाए ।

ओमानका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिए । साथै फयाज बट र जीसान मक्सुदले एक/एक विकेट लिए ।

जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अहिले माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी छ ।

तपाईको प्रतिक्रिया