टी–ट्वान्टी विश्वकप छनोट, नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै 

  कार्तिक १७, २०८०

काठमाडौ,१७ कात्तिक : टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको सेमिफाइनलमा नेपालले युएईसँग पहिले ब्याटिङ गर्ने भएको छ । माथिल्लो मूलपानी मैदानमा यूएईले टस हारेर पहिले फिल्डिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । 

नेपालले आज एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी मैदानमा फर्कँदा सन्दीप जोरालाई आराम दिइएको छ । आजको विजेता टोलीले अर्को बर्ष हुने टी ट्वान्टी विश्वकप खेल्न पाउनेछ।

नेपालको प्लेइङ ११

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव, सन्दीप लामिछाने ।

तपाईको प्रतिक्रिया