आज दसैँको सातौँ दिन : शक्तिपिठहरुमा दर्शनार्थिको घुइँचो

  कार्तिक ०४, २०८०

काठमाडौं, ४ कात्तिक : आज दसैँको सातौँ दिन काठमाडौँको विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ ।  घटस्थापना गरेसँगै नवदुर्गाका नाै रूपको पूजा गर्ने गरिन्छ । 

उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहित दुर्गाका शक्तिपीठमा पूजा आराधना गर्ने गरिन्छ । मैतीदेवी, भद्रकाली मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

तपाईको प्रतिक्रिया