सेप्टेम्बरमा ९० हजार बढी पर्यटकले गरे फिजी भ्रमण

  कार्तिक ०२, २०८०

सुभ, २ कात्तिक : गत सेप्टेम्बर महिनामा ९० हजारभन्दा बढी पर्यटकहरूले फिजी भ्रमण गरेका छन् । बिहीबार फिजीको तथ्याङ्क ब्युरोले यस बारे सार्वजनिक जानकारी गराएको हो । ब्युरोका प्रमुख कार्यकारी केमुली नाइकामाले सेप्टेम्बरमा फिजीमा ९० हजार ४३९ आगन्तुक आएको बताएका छन् ।

सो सङ्ख्या एक वर्ष अघिको तुलनामा २४.५ प्रतिशतले बढेको देखिएको छ । कुल ९० हजार ४३९ आगन्तुकमध्ये ८९ हाजर २०३ हवाईमार्गबाट आएका थिए भने १ हजार २३६ जना समुद्रीमार्गबाट आएका थिए ।

फिजी सरकारको पर्यटन मार्केटिङ शाखा, टुरिजम फिजीले यस वर्ष थप विदेशी आगन्तुकहरूलाई आकर्षित गर्न “जहाँ खुशी प्राकृतिक रूपमा आउँछ” नामक अभियान शुरु गरेको छ। यो अभियान सार्थक बन्दै गएको देखिन्छ ।

तपाईको प्रतिक्रिया