उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि लुभु डोजोलाई

  असोज ३०, २०८०

भक्तपुर, ३० असोज : भक्तपुरमा आज सम्पन्न चौथो उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि लुभु डोजोले हात पारेको छ । विद्या आर्जन शाखा डोजोले आयोजना गरेको प्रतियोगितामा लुभु डोजोले १० स्वर्ण दुई रजत र तीन कास्य पदक जित्दै उपाधि जितेको हो ।

प्रतियोगितामा मध्यपुरथिमिको नगदेश डोजोले दुई स्वर्ण चार रजत र चार कास्यसहित दोस्रो एवं काभ्रेपलाञ्चोक डोजोले दुई स्वर्ण र तीन कास्यसहित तेस्रो स्थान हासिल गरेको छ ।

भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाबाट १७ डोजोबाट तीन सय खेलाडीको सहभागी रहेको थियो । प्रतियोगितामा महिलातर्फ २० केजीदेखि ५५ केजी र खुला, पुरुषतर्फ २० केजीदेखि ६० केजीसम्मका खेलाडीको प्रतिस्पर्धा भएको थियो । साथै महिला पुरुष दुवैको एकल कातामा प्रतिस्पर्धा भएको थियो ।

यस्तै उमेर समूहअन्तर्गत भएको खेलमा प्यारागन डोजोल छ स्वर्ण एक रजत र चार कास्य पदक हात पार्दै प्रथम उपाधि जितेको छ ।

विद्या आर्जन डोजोले दुई स्वर्ण तीन रजत र ११ कास्यसहित दोस्रो एवं डेमस स्कुल डोजोले एक स्वर्ण दुई रजत र दुई कास्यसहित तेस्रो भएको छ । उमेर समूहमा विद्या आर्जन स्कुलका १० वर्षीय सुलभ भुजेल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

तपाईको प्रतिक्रिया