बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज काठमाडौँ सेमि फाइनलमा

  असोज ३०, २०८०

सुन्दरहरैँचा (मोरङ), ३० असोज : बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपअन्तर्गत रारा फुटबल क्लब राजारानी धनकुटालाई व्रिगेड ब्वाइज काठमाडौँले हराएको छ ।

मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मी माविको खेल मैदानमा मङ्गलबारको खेल बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुवै टिमबाट ४÷४ गोल भएपछि व्रिगेडका कुशल देउवाको पाँचाँै गोल सडनडेथमा निर्णायक सावित बन्यो ।

प्रतियोगितामा म्यान अफ द म्याच व्रिगेडका गोलकिपर विशाल सुनार घोषित भए । उनले नगद रु पाँच हजार पाए । व्रिगेड ब्वाइज विजयी भएसँगै सेमिफाइनलमा पुगेको छ । यसअघि आयोजक डाँगीहाट युथ क्लब तथा सलहेस युवा क्लब सिराहा सेमिफाइनल पुगिसकेका छन् ।

प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले रुआठ लाख नगद तथा उपविजेताले रु पाँच लाख नगद,ट्रफी र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष विक्रम वान्तवाले बताउनुभयो । उहाँले प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुने उल्लेख गर्नुभयो ।

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको छ । बेलबारी क्षेत्रको ब्राण्डका रूपमा स्थापित भइसकेको गोल्डकपको संस्करण मोफसलदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित रहेको खेलका प्रवक्ता तथा सञ्चार संयोजक नरेन्द्र बस्नेतले बताउनुभयो ।

बुधबारको खेल बिर्तामोड युथ क्लब झापा र लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँबीच हुने खेल संयोजक भाइकुमार गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया