घटस्थापनाको तयारी : जमरा राख्न माटोदेखि मकैसम्म किनमेल

  असोज २७, २०८०

काठमाडौं, असोज २७ : यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ ।

घटस्थापनाका लागि राजधानीको भेडासिङ्गमा जमरा राख्न चाहिने माटो, तथा मकै, गहुँ बिक्री गर्न व्यापारीहरू व्यस्त बनेका छन् । दसैँको घटस्थापनामा मकै, गहुँको जमरा राख्ने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया