भलिबलमा नेपाल श्रीलङ्कासँग पराजित

  असोज २३, २०८०

काठमाडौँ, २३ असोज : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपमा नेपालले मंगलबार आयोजक श्रीलङ्कासँग २६–२४, २५–१८ र २५–१६ ले पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगितामा नेपालको यो पहिलो हार हो । यसअघि नेपालले बङ्गलादेशलाई ३–१ सेटमा पराजित गरेको थियो । श्रीलङ्काको भने यो लगातार दोस्रो जित भएको छ । नेपालले बुधबार अफगानिस्तानसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया