क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई कांस्य पदक

  असोज २२, २०८०

काठमाडौं, २२ असोज : नेपालका भेटरान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको छ । दक्षिण कोरियामा भएको भर्चुअल प्रतियोगितामा अशोकले ४० वर्षमुनिको इभेन्टमा सफलता पाउनुभएको हो । सो इभेन्टमा फ्रान्सका खेलाडी पहिलो र अस्ट्रेलियाका खेलाडी दोस्रो हुनुभयो ।

अशोक पछिल्ला समयमा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायकको रूपमा व्यस्त हुनुहुन्छ । दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दा प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका अशोकले पछिल्लो पटक खेलाडीको रूपमा सन् २०१७ र २०१८ मा अस्ट्रेलियन ओपनको पुम्सेमा स्वर्ण पदक जित्नुभएको थियो ।

तपाईको प्रतिक्रिया