नेपाल वायुसेवाको जहाजबाट बिरामीको उद्धार

  असोज १८, २०८०

कर्णाली, १८ असोज : टाउकोमा गम्भीर चोट लागेर विगत छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसीयूमा राखिएका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पठाइएको छ ।

जुम्ला पातारासी गाउँपालिका–४ लुमगाउँका ३४ दीपबहादुर रावतलाई आज नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पु-याइएको हो ।

यही असोज ११ गते लुमगाउँको पुलबाट खस्दा उहाँको टाउकामा गम्भीर चोट लागेको थियो । घटनास्थलबाट तत्काल प्रतिष्ठान जुम्लामा पु-याइएका रावतको सिटीस्क्यान गर्नुपर्ने तर उक्त सेवा जुम्लामा नहुँदा नेपालगञ्ज लैजानुपरेको रावतका आफन्त हरिबहादुर बुढाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया