विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

  भदौ २६, २०८०

दोलखा, २५ भदौ : दोलखाको भिमेश्वर नगरपालिका–९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ ।

विद्यालय भवन नहुँदा कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा ४० जना विद्यार्थी कष्ठकररुपमा अध्ययन गर्न बाध्य छन् । भूकम्पपछि विद्यालय भवन दाताले सामान्यजस्ताका टहरा निर्माण गरिदिएपनि पक्की भवन निमार्ण हुन सकेको छैन ।

विद्यालय प्राङ्गणमा खेल मैदानसमेत छैन । विद्यार्थीहरु आधा घण्टाको दूरीमा रहेको मैदानमा खेल खेल्न जाने गरेको विद्यालयका प्रधानाध्यापक नारायण खड्काले बताउनुभयो । उहाँका अनुसार टहरामा घाम लागेको बेला अत्यधिक गर्मी हुने र पानी परेको समयमा आवाजले पढ्न नसकिने अवस्था छ । साथै हिउँ पर्ने समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

लामो समयदेखिको खानेपानीको समस्या गत आइतबार मात्रै समाधान भएको छ । स्कुल अफ डेमोक्रेसीका अध्यक्ष प्रभुराम श्रेष्ठले खानेपानीको पाइप र ट्याङकीसहित सुविधा उपलब्ध गराएपछि राहत मिलेको हो ।

तपाईको प्रतिक्रिया