नेपाल म्यानमारसँग १–० गोलअन्तरले पराजित

  भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो ।

म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो । यसअघि भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो

नेपालले विश्वकप छनोटमा लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल अक्टोबर १२ तारिखमा खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया