‘सुशासन र सामाजिक रुपान्तरण’ विषयमा कार्यशाला

  भदौ १८, २०८०

गण्डकी, १८ भदौ : पोखरामा आयोजित अन्तर्राष्ट्रिय कार्यशालामा विभिन्न देशका समाजशास्त्रीका ५६ कार्यपत्र प्रस्तुत भएका छन् ।

नेपाल समाजशास्त्र सङ्घले आयोजना गरेको ‘नेपालमा सुशासन र सामाजिक रुपान्तरण’ विषयक तीनदिने कार्यशालामा ५६ कार्यपत्र प्रस्तुत हुँदै सम्पन्न भएको हाे ।

कार्यशालामा नेपाल, भारत, चीन, बेलायत, जापान, नर्वे र अमेरिकालगायत मुलुकका वरिष्ठ समाजशास्त्रीले कार्यपत्र प्रस्तुत गर्नुुभएको थियो । कार्यशालामा एक सय ५० जनाभन्दा बढी समाजशास्त्रीको उपस्थिति थियो ।

पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामीण विकास विभागसँगको सहकार्य र गण्डकी विश्वविद्यालयको सक्रियतामा भएको कार्यशाला नेपाली समाजको अध्ययन अनुसन्धान र विश्लेषणका साथै समाजशास्त्रको अभिवृिृद्ध गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो ।

कार्यशालामा नेपालको विसं २०४६ देखिको राजनीतिक परिवर्तन, आन्दोलन, जनयुद्ध तथा जनआन्दोलन र अन्य सामाजिक आन्दोलनको विकास प्रक्रियाबारे छलफल गरिएको आयोजकले जनाएको छ ।

कार्यशालाका सभापति नेपाल समाजशास्त्र सङ्घका अध्यक्ष एवं गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समाजशास्त्रीले आफ्नो सीप सोच र ज्ञानलाई समाज विकास र समाजशास्त्रको उन्नतिमा लगाउनुपर्ने बताउनुुभयो । भदौ १५, १६ र १७ गते क्षेत्रीय कृषि अनुुसन्धान केन्द्र लुम्लेमा आयोजित कार्यशालाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्नुुभएको थियो ।

तपाईको प्रतिक्रिया