महेन्द्रनगर, २८ साउन : नेपाल प्रेस युनियन कञ्चनपुरको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा तेजबहादुर सिंह (मुस्कान) निर्विरोध चयन हुनुभएको छ ।
प्रेस युनियन कञ्चनपुर शाखाको आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षत्रयमा कुन्दनराज पाण्डेय, मनोज भट्ट र किशोर तामाङलाई चयन गरिएको छ । यस्तै सचिमा देवेन्द्र खड्का, सह–सचिवमा अनिता लावड र कोषाध्यक्षमा शङ्कर अवस्थीलाई चयन गरिएको छ ।
सातौँ जिल्ला अधिवेशनका केन्द्रीय प्रतिनिधी एवं नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालका अनुसार समितिको सदस्यमा क्रमशः महादेव अवस्थी, चन्द्रकान्त जोशी, अनिता गौड, दीर्घराज ओझा, जयबहादुर ऐर, राजमती बम, नवराज अवस्थी, चुडामणि अवस्थी, ऐश्वर्या कुवँर र खडक रावल चयन भएका छन् । उक्त अधिवेशनको परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गर्नुभएको थियो ।






