बबई, नारायणी र बागमती क्षेत्रमा सतर्कता तह पार

  साउन २८, २०८०

काठमाडौँ, २८ साउन : एक सातादेखि निरन्तर परेको पानी आइतबार बिहानैदेखि निरन्तर परिरहेको छ । देशैभर भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यता जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा धेरै वर्षा भई रहेका क्षेत्रको ताजा तथ्याङ्क मापन गर्दै आएको छ ।

देशैभर भारी वर्षा भई रहे पनि महाशाखाको तथ्याङ्क हेर्दा बबई, नारायणी र बागमती क्षेत्रमा सतर्कता तह पार गरेको छ । नदी तथा खाना ठाडो खोला लगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन विज्ञप्तिमार्फत महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया